असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालमा १ जना कोरोना संक्रमित भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको सरकारले बताएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएका ती युवतीको टेकु अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आइतबार आएकोमा उनमा कोरोना पुष्टि भएको देवकोटाले बताएका छन ।

उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’ मा बसेकी थिइन् । तर कोरोना भाइरसको संक्रमणको आशंका लागेपछि उनी टेकु अस्पताल आएकी थिइन् ।

संक्रमित युवतीलाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको उनले जानकारी दिएका छन । ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको उनले बताएका छन । उनीसँगै विमानमा आएकाहरुलाई खोजेर व्यवस्थित गर्ने प्रक्रिया सुरु भएको सरकारले बताएको छ ।

फ्रान्समा अध्ययनका लागि गएकी १९ वर्षकी ती युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

उनी चैत ४ गते कतारबाट नेपाल आएकी थिइन् । यसअघि चीनबाट स्वदेश आएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री ढकाल तथा मन्त्रालयका प्रवक्ता डा। देवकोटाले तत्कालका लागि अस्पतालका सबै सेवाहरु कोरोना भाइरसविरुद्ध केन्द्रित गर्ने निर्णय भएको जानकारी दिएका छन । नियमित फलोअपमा नआउँदा असर नपर्ने बिरामीहरुलाई तत्काल अस्पताल नआउन मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै नियमित शल्यक्रिया पनि स्थगित भएका छन् । यस्तै देशभरका ५० भन्दा बढी शैय्याका अस्पतालमा फिवर क्लिनिक स्थापना गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार