असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोना संक्रमण देखिएकी युवतीको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौंमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएकी युवतीको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्न थालेको छ।

सोमबार ती युवतीको घरमा एक टिम पठाएर उनको सम्पर्कमा आएका व्यक्तिहरुबारे सोधखोज थालेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई जानकारी दिएका छन।

‘ती युवतीको सम्पर्कमा आएकाहरुको निरीक्षण गर्न आजै टोली हिँडिसक्यो,’ स्वास्थ्यका अधिकारीले भने, ‘संक्रमित सचेत भएर बस्नुभएको थियो। बाहिर निस्किनु भएको थिएन। तै पनि कोहीसँग सम्पर्क भएको थियो–थिएन, को-कोसँग सम्पर्कमा आए ? भन्ने जानकारी संकलन गर्नुहुन्छ।’

स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलनमार्फत फ्रान्सबाट कतार हुँदै फर्किएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो।

होम क्वारेन्टाइनमा बसेकी उनलाई खोकी लागेपछि उनको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। परीक्षणपश्चात् आइतबार साँझ उनलाई कोरोना संक्रमण देखिएको पुष्टि भएको हो।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उनको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन। उनको उपचार तोकिएको मापदण्डअनुसार मन्त्रालयले गरिरको उनले बताएका छन।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले परिवार र होम क्वारेन्टाइन रहँदा सम्पर्कमा रहेका व्यक्तिलाई परिक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्थालाई आइतबारबाटै अघि बढाइसकेको जानकारी दिएका थिए।

‘हिजैबाट सम्पर्कमा आएका व्यक्तिहरुबारे जानकारी संकलन गर्ने तथा परिक्षण थाल्नेकाम अघि बढाएका छौं,’ ढकालले भने, ‘जहाजमा सँगै आएको र सम्पर्कमा रहेका व्यक्तिलाई खोजी गरेर त्यही दायराभित्र ल्याउनेछौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार