काठमाडौं । फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षिय किशोरीलाई आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै एउटै विमानमा आएका यात्रुहरुको निरीक्षण पनि सरकारले थालेको छ।
यसैक्रममा उनीसँगै विमानमा आएका बाग्लुङको ढोरपाटन नगरपालिका ५ का एक युवालाई छुट्टै आइसोलेसनमा राखिएको छ।
२४ वर्षीय ती युवालाई उनकै दुईमध्ये एक घरमा छुट्टै आइसोलेयसनमा राखिएको नगरप्रमुख देवकुमार नेपालीले बताएका छन।
‘ती युवा संक्रमण भएकी किशोरीसँगै आएको खबर पाएपछि म, चिकित्सक र इलाका प्रहरी कार्यालयको टोली स्थलगत निरीक्षणमा आज पुगेका थियौं, नगरप्रमुख नेपालीले भने, वडाध्यक्षको निगरानीमा उसैका दुईमध्ये एउटा घरमा छुट्टै बस्न लगाएका छौं।’
ती व्यक्ति नेपाल आएको ७ दिनभइसक्दा पनि हालसम्म कुनै लक्षण नदेखिएको उनले बताएका छन। सोहीकारण तत्काल नमूना नलिइएको र कुनै लक्षण देखिए नमूना संकलन गरि काठमाडौं पठाइने उनले जनाएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया