वैशाख २५, २०८१ मंगलबार May 7, 2024

५९२ जनाको परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टी, १८ जना सङ्क्रमण मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा १८ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ जना पुगेको छ । नेपालमा हाल ४०६ जना सक्रिय सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया