असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना अपडेट: ८ सय २ जनाको परिक्षण,४ जनामा संक्रमणको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नेपालमा हालसम्म आशंका गरिएका ८ सय २ जनाको परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

परिक्षण गरिएका मध्ये अहिलेसम्म ४ जनामा मात्र संक्रमणको पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन ।

संक्रमित चार मध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी ३ जनालाई आइसोलेसनमा राखी उपचार गरिदैछ ।

मन्त्रालयका अनुसार, कोरोना भाइरसबाट विश्वमा हालसम्म ५ लाख ९७ हजार २ ६७ जना संक्रमित भएका छन्, जसमध्ये १ लाख ३३ हजार ३ सय ६३ जना उपचारपछि निको भएका छन् ।
अहिलेसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ३ सय ६५ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया