असार २४, २०८२ मंगलबार July 8, 2025

आर्टिफिसियल इन्टेलिजेन्सले नै गर्छ हृदय रोगको भविष्यवाणी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हृदय रोगले हरेक वर्ष १ करोड ७९ लाख मानिसको  ज्यान लिने अनुमान गरिएको छ । यस रोगको विनाशकारी नतिजाले अनुसन्धानकर्ताहरूलाई हृदय रोग र जोखिम कारकहरूको उपचार र रोकथाम गर्न प्रेरित गरेको छ ।

अन्वेषकहरूले एउटै छातीको एक्स–रे प्रयोग गरेर अब एथेरोस्क्लेरोटिक कार्डियोभास्कुलर रोगको कारणले हृदयघात वा मस्तिष्कघातबाट मृत्यु हुने  सम्भावनाको भविष्यवाणी गर्न  सिकाउने मोडेल विकास गरेका छन् ।

बीजीआरडटकमका अनुसार सीएक्सआर–सीभीडी जोखिमको रूपमा चिनिने यस प्रविधिलाई अमेरिकाको राष्ट्रिय क्यान्सर संस्थानद्वारा डिजाइन गरिएको विशेष परीक्षणमा अनुसन्धान र प्रशिक्षण दिइएको छ ।

यसले लगभग ११ हजार ४३० ‘आउटप्यासेन्ट’को दोस्रो स्वतन्त्र समूह पनि प्रयोग ग¥यो, जसमध्ये सबैको छातीको क्स–रेहरू थिए, जसले उनीहरूलाई स्टेटिन थेरापीको लागि सम्भावित रूपमा योग्य बनायो ।

अध्ययनको नतिजा रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिकाको वार्षिक बैठक (आरएसएनए)मा प्रस्तुत गरिएको थियो । गहिरो सिकाइ  उन्नत आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को एक प्रकार हो, जसलाई रोग–सम्बन्धित ढाँचाहरूको लागि एक्स–रे तस्बिर खोज्न तालिम दिन सकिन्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार