वैशाख २३, २०८१ आइतबार May 5, 2024

दोलखामा एमालेका उम्मेदवार शिवाकोटीलाई झिनो मतको अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दोलखामा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले फेरी अग्रता कायम गरेका छन् । एमालेका शिवकाेटीले ३३ हजार ९३९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ९०३ मत प्राप्त गरेका छन् ।

हालसम्मको अपडेट अनुशार बालकृष्ण शिवाकाेटी ३६ मतले अगाडि देखिएका हुन् । माओवादीका उम्मेदवार गंगा कार्कीले ३३ हजार ९०३ मत प्राप्त गरेका छन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३ हजार ५०४ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ६११ मत पाएका छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा बुध कब्जा भएपछि पुन: निर्वाचन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया