कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नेवार समुदायको चाड आज योः मरी पून्हिँ मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेवार समुदायको चाडपर्व मध्येको एक योः मरी पून्हिँ  पर्व हो । यःमरी भन्नाले आफूलाई मनपर्ने रोटी भन्ने बुझिन्छ । चामलको पिठोलाई मुछेर महाछाकोजस्तो आकार बनाई त्यसभित्र चाकु, तिल, दूधको खुवा आदि आफ्नो इच्छा अनुसारको खाध्यवस्तु राखेर यमरी बनाइन्छ । यसरी बनाइएको यमरीलाई पानीको बाफबाट तयार पारिन्छ ।

नेवार समुदायमा प्रचलित कथा अनुसार योमरी देखापरेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडिरहेका हुन्छन् यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुवेरबारे थाहै नभए पनि उनलाई सत्कारपूर्वक सप्रेम योमरी खान दिएको कथा छ । कुबेरले पाएको सत्कारबाट प्रसन्न भएर धनधान्यले अपार वरदान दिएको मानिन्छ ।

यस्तै, नेवार समुदायमा कुनै पनि सभाकार्य न्वारन, विवाह, जन्मदिन गर्ने बेलामा समेत यमरीको प्रयोग गर्ने गरीन्छ ।

यमरी पूर्णीमाका दिन अन्न भण्डारण गर्ने स्थानमा समेत पुजा गरी अन्नपूर्ण भइ सुख, शान्ति भइरहोस भनी पुजा अराधना गरिन्छ । यसदिन बालकदेखि वृद्धसम्मका समूहमा नाचगान गरी टोल टोलमा यमरी माग्न जाने परम्परा छ । यसरी आफ्नो आगनमा यमरी माग्न आएकालाई भगवान समान मानेर यमरी दिने गरीन्छ । यसैदिन रात छोट्टिएर दिन लामो हुने मान्यता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार