श्रावण ७, २०८२ बुधबार July 23, 2025

उत्तरी गोरखामा एक सातादेखि अवरुद्ध टेलिफोन सेवा सुचारु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरी गोरखामा एक सातादेखि अवरुद्ध टेलिफोन सेवा सुचारु भएको छ। बिहीबार दिउँसोदेखि टेलिफोन सेवा सुचारु भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।

धार्चे गाउँपालिकाको केरौँजामा रहेको मुख्य टावरमा बिजुली बत्ती नहुँदा मोबाइल फोन अवरुद्ध भएको थियो। लघुजलविद्युत बिग्रिएपछि गाउँपनि अन्धकार भएको र टावरमापनि समस्या आएको थियो। ‘टावरमा बिजुली नहुँदा सेवा अवरुद्ध भएको थियो’ नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्र श्रेष्ठले भने ‘बिहीबारबाट सुचारु भएको छ।’

लघुजलविद्युत बन्द हुँदा टावरमा रहेको ब्याट्रीबाट करिब ८ घण्टा मात्रै मोबाइल संचालन हुन्छ। त्यसपछि बत्ती नहुँदा सेवा अवरुद्ध हुने टेलिकम गोरखाले जनाएको छ। छिट्टै केरौँजाको टावरमा सोलार जडान गर्ने तयारी भएको टेलिकम शाखा प्रमुख श्रेष्ठले बताए।

टावर अवरुद्ध हुँदा आफन्तसँग कुराकानी गर्न, सन्चोबिसन्चो सोध्न नपाएको, कोहीलाई बोलाउन पर्यो भने घरमै जानुपर्ने, फोनमा कुरा गर्न नपाएको गुनासो स्थानीयको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार