काठमाडौं । सरकारले मेडिकल सामाग्री खरिदको लागि गरेको सम्झौता रद्ध गरेको छ। स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो।
उक्त समूहले पहिले पटक ल्याउने भने अनुसारका सामान नल्याएको र दोस्रो पटकका लागि पनि सामान ल्याउन नसकेको भन्दै सम्झौता रद्ध गरिएको हो।
साथै ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताएका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया