मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

कोरोना महामारीमा चन्दा उठाएर बतास समूहले दियो दुई वर्षपछि अस्पतालमा अक्सिजन प्लान्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बतास अर्गनाइजेसनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । कोभिड महामारीका बेला बतासले अक्सिजन प्लान्ट खरिदका लागि चन्दा उठाएको थियो । कोरोनाकालमा प्लान्ट ल्याउन नसकेको बतासले दुई वर्षपछि अस्पतालमा प्लाण्ट हस्तान्तरण गरेको हो ।

बतास फाउन्डेसनले सुरुमा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट ल्याउने जनाएको थियो । सहयोग संकलन महाअभियानबाट तीन करोड ४५ लाख १७ हजार पाँच सय ५५ रुपैयाँ संकलन भएको थियो । त्यसमा बतास फाउन्डेसन र बतास अर्गनाइजेनसबाट ५५ लाख राखिएको फाउन्डेसनले जनाएको छ ।

निर्धारित समयभन्दा निकै ढिलो प्लान्ट ल्याउकोमा बतास फाउन्डेसनले क्षमा मागेको छ । ‘निर्धारित समयभन्दा निकै ढिलो मात्र प्लान्ट हस्तान्तरण गर्न सकेकोमा भने हामी क्षमा प्रार्थी छौं,’ फाउन्डेसनका प्रवक्ता नारायण पौडेलले भने, ‘२०७८ जेठमा नै फ्रान्समा प्लान्ट खरिद गरिसकेका थियौं । तर, अघिल्लो सरकार कार्गो कम्पनी र आयातकर्ताबिचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भयो ।’

पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा ढिलो भएको उनले बताए । एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि ल्याउन सम्भव नभएपछि जल तथा स्थल मार्गबाट ल्याइएको पौडेलले बताए । प्लान्ट खरिद र अभियान सन्चालनका लागि पोखराका पूर्वमेयर मानबहादुर जिसीको संरक्षकत्वमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास संयोजक बनेर काम गरेका थिए ।

प्लान्टले दैनिक एक सय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने बताइएको छ । अस्पतालले आवश्यक पूर्वाधार निर्माण भएपछि प्लान्ट जडान गर्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार