असार २२, २०८२ आइतबार July 6, 2025

कर्णालीमा ५२ प्रतिशत बालविवाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुत्केरी हुन नसकेर आर्थिक वर्ष वर्ष २०७८/७९ मा १७  मृत्यु भएका मध्य २० वर्ष मुनिका पाँच जना रहेका छन् ।

कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको यो आकडाले देखाउछ । बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक हेर्ने हो भने डरलाग्दो महिला अधिकार मञ्च जाजरकोटका संयोजक आशा सिंहले बताइन् । शारीरिक र मानसिक रूपमा परिपक्व नभई कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन नसकेको उनको भनाई छ  ।

बच्चा जन्माउन नसकेको अवस्थामा ज्यान नै जाने घटना धेरै रहे पनि सबै सार्वजानिक नहुने गरेको पाइएको छ । बच्चा जन्माउन सफल भएका कतिपय आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखापर्ने गरेको सिंहले बताइन् । कानुनले २० वर्ष नपुगि विवाह गर्न नपाउने व्यवस्था गरेको छ। यसलाई रोक्न सरकारी तथा गैरसरकारी संस्थाबाट अभियान सञ्चालन भए पनि बालविवाह न्यूनीकरण हुन नसकेको हो ।

कर्णालीमा ५२ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्यांक छ। गरिवी, अशिक्षा र पछिल्लो समय सामाजिक सञ्जालको दूरुपयोगले पनि बालविवाह बढ्दो छ।

जनचेतनामूलक कार्यक्रम भइरहे पनि अपेक्षित रूपमा बालविवाह न्यूनीकरण हुन सकेको छैन। उमेर नपुग्दै बालविवाह गरेको पाइए अभिभावकलाई राखेर सम्झाइ बुझाइ गरेर बिहे रद्द गर्ने गरिए पनि लुकिछिपी बाल विवाह भइरहेको बताइन्छ ।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा कलिलो उमेरमा आमा हुनेको संख्ययामा कमी आउन नसकेको पाइएको छ । २०७६ यता कर्णालीमा गर्भवती हुनेको तथ्यांकअनुसार १६ हजार ७०१ जना २० वर्षमुनिका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार ३२८ जना २० जना, २०७७/७८ मा छ हजार २० जना  र २०७८/७९ पाँच हजार ३५३ जना २० वर्षमुनिका छन् । कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा आमा र बच्चा दुवैको ज्यान जोखिममा रहेको छ ।

समाजमा बालविवाह भए पनि अधिकांश जात मिल्नेसँग भएमा चुपचाप लाग्ने र फरक जात हुन वित्तिकै प्रहरी सम्मा पुग्ने गरेको पाइन्छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा २० वटा, २०७८/७९ मा ११, २०७९/८० मा छवटा उजुरी बालविवाह दर्ता भएका हुन् । बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउने तयारी थालेको बताइएको छ । बालविवाह न्यूनीकरण गर्न प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको, छात्रवृत्तिलगायतका सचेतनाका कार्यक्रम सञ्चालन ल्याएको छ ।

आर्थिक समस्यदेखि बढ्दो प्राविधिको दूरुपयोगका कारण बालविवाह बढी हुने गरेको पाइन्छ । परिवारका गलत संस्कार र बालबालिकाको निगरानी नहुँदा पनि बालविवाह बढेको सरोकारवालाको भनाइ छ । पहिले सूचनाको पहुँच सबै ठाउँमा नहुँदा बाल विवाह भएपनि थाहा नहुने गरेको र अहिले सबै ठाउँमा पहुँच बढेसँगै सबै कुरा थाहा हुने गरेको नागरिक अगुवा तथा बाल विवाह न्यूनिकरण अभियानतका अभियानता राजेन्द्रविक्रम शाहले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार