मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

सान्थाक्रा स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –२ सान्थाक्रामा प्रसुति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । सान्थाक्रा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भएसँगै प्रसुति केन्द्र सञ्चालनमा ल्याइएको हो ।

नवनिर्मित स्वास्थ्य चौकी भवन तथा प्रसुति केन्द्रको प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उदघाटन गर्नुभयो । उदघाटन भएसँगै सोही भवनबाट स्वास्थ्य सेवा पनि प्रारम्भ भएको मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले जानकारी दिनुभयो ।

मेरिङ्देन गाउँपालिकाका अनुसार सो स्वास्थ्य चौकी भवन तथा प्रसुति केन्द्र कुल दुई करोड १२ लाख ९० हजार ९७० रुपियाँको लागतमा निर्माण भएको हो । भवन निर्माण गर्न स्थानीय बल्लुराम सिरेङचोङ्बाङ लिम्बू र आगेबहादुर सिरेङचोङ्बाङ लिम्बूले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो ।

नवनिर्मित भवन उदघाटन अवसरमा जग्गादाता लिम्बूद्वयलाई मन्त्री हाङ्गामले अभिनन्दनसमेत गर्नुभयो । कार्यक्रममा मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम, उपाध्यक्ष दुर्गा सिरेङचोङ्बाङ, वडाध्यक्ष लगायतको सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार