मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

तीन वर्षमा बनिसक्नु पर्ने अस्पताल भवन ६ वर्ष बित्दा समे ४० प्रतिशत मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ५० शय्या विस्तारसँगै मेहलकुना अस्पतालका लागि ६ वर्षअघि नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण थालिए पनि अहिलेसम्म पनि पुरा भएकाे छैन ।

आव २०७३/०७४ मा २८ करोड लागत अनुमान गरिए पनि निर्माण कम्पनीले २१ करोड १६ लाखमा ठेक्का सम्झौता गरेकाे थियो । कम रकममा सम्झाैता गरेकै कारण भवन निर्माण ढिला भएकाे स्थानीयकाे आराेप छ। तीन वर्षमा सक्ने सम्झाैता भए पनि हालसम्म ६० प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको हाे ।

आव २०७/७७ मा भवन निर्माण सक्ने लक्ष्य लिए पनि अझै ४० प्रतिशत काम बाँकी नै छ । गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा निर्माणाधीन अस्पताल भवनका पाँच ब्लक छन् । समयमै निर्माण नसकिँदा चौतर्फी आलोचना र गुनासो बढिको छ ।

भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए । उनले पटक पटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन निर्माण अलपत्र परेको बताए । सदस्य नेपालीले भने, ‘ठेकेदारले पर्याप्त मात्रामा मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको हाे, करोडौँको योजनामा झारा टार्ने शैलीमा काम भइरहेकाे छ ।’

५० शय्या क्षमता भए पनि २२ शय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको सदस्य नेपालीले बताए । सरकारले मेहलकुना अस्पताललाई १५ जेठ ०७३ मा १५ शय्याबाट ५० शय्यामा विस्तार गरेको थियो ।

अब पनि ढिला गरे ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढ्ने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका प्रमुख अमरबहादुर थापाले बताए ।

तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र धरौटी जफत गरी क्षतिपूर्ति समेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख थापाले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार