मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

वीर अस्पतालका १२ कर्मचारीलाई एक महिनाभित्र हाजिर हुन अल्टिमेटम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर र कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालले लामो समयदेखि अस्पतालमा सम्पर्कविहीन भएका कर्मचारीलाई ३० दिन हाजिर हुन आउन आग्रह गरेको छ ।

अस्पतालले आइतबार १२ जना कर्मचारीका नाममा सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै ३० दिनभित्र हाजिर हुन आउन आग्रह गरेको हो ।

अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स, कोभिड अस्पतालतर्फ दुई जना अनमी र चार जना स्टाफ नर्स गरी १२ जनालाई हाजिर हुन आउन आग्रह गरेको हो ।

तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन र प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रारर ट्युटर डा. सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहनुभएको छ ।

यस्तै, अनमीहरुमा छैटौँ तहका साहिदा सुब्बा र अनिता बसेल, पाँचौँ तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अन्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारीलाई पनि ३० दिन भित्र हाजिर हुन आउन सूचनामा उल्लेख गरेको छ ।

तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (ज) बमोजिम कारबाही हुने चेतावनी अस्पतालले दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार
चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू
२०८३ मंग्सिर ७, सोमबार