काठमाण्डौंः सुनकोसी गाउँपालिका–१ मा अवस्थित एकएक पाइला ठोकर्पा आधारभूत अस्पतालले ग्रामीण भेगका ४६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको छ । शल्यक्रियापछि अस्पतालले निःशुल्क चस्मा वितरण पनि गरिएको छ ।
उक्त शिविरमा सुनकोसी गाउँपालिका, लिसंखुपाखर, बलेफी गाउँपालिका, चौतारा साँगचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका र काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका ४६ जना मोतियाबिन्दु रोगीले निःशुल्क उपचार, औषधि र चस्मा पाएको अस्पतालका अध्यक्ष नेत्र कार्कीले जानकारी दिनुभयो ।
डा.कविता ढाकवाको टोलीले शल्यक्रिया गरेको थियो । आँखाको निःशुल्क शल्यक्रियाको सेवा पाएपछि वृद्धवृद्धा हर्षित भएको अध्यक्ष कार्कीको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया