मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

चिकित्सक संघ निर्वाचन : कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका डा. प्रमोद जोशी निर्विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाल चिकित्सक संघको कोषाध्यक्ष पदमा डा. प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा उम्मेदवारी दिएकी प्रगतिशील समूहकी डा. अन्जना महर्जनको निर्वाचनका लागि तोकिएको योग्यता नपुगेपछि उम्मेदवारी नै खारेज भएको छ।

डा महर्जनको उम्मेदवारी खारेज भएसँगै कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका डा. जोशी मात्र उम्मेदवार भएका छन् । उनको प्रतिस्पर्धी कोही नभएपछि उनी पनि निर्विरोध भएका हुन्।

1140x725

संघको पदाधिकारीमा उम्मेदवार हुनका लागि सदस्य लिएको सात वर्ष पुगेको हुनुपर्छ। महर्जनले सदस्य लिएको अवधि सात वर्ष पुग्न १६ दिन बाँकी नै रहेकाले उम्मेदवारी रद्द भएको हो।

यसअघि प्रजातान्त्रिक प्यानलकै पाँच जना निर्विरोध भएका छन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह-कोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा डा. वद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा. केशरबहादुर ढकाल, सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सहसचिवमा डा. लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र मतदान हुँदैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार
चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू
२०८३ मंग्सिर ७, सोमबार