कार्तिक २९, २०८३ आइतबार November 15, 2026

शनि गोचरले बनाउँदैछ विपरीत राजयोग: यी ४ राशिले प्राप्त गर्नेछन् बम्पर लाभ !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ज्योतिष शास्त्रमा शनिदेवलाई न्यायको देवता मानिन्छ। शनिदेव मकर राशि छोडेर जनवरी १७, २०२३ मा कुम्भ राशिमा प्रवेश गर्नेछन्। कुम्भ राशिमा शनिको आगमनका कारण केही राशिका लागि विपरीत राजयोग बन्नेछ।

यी राशिका व्यक्तिहरूलाई विपरीत राजयोगबाट निकै लाभ मिल्नेछ। ज्योतिषीहरुका अनुसार शनि अशुभ घरको स्वामी छन् र उनी सोही स्थानमा रहेमा विपरीत राजयोगको निर्माण हुन्छ। जान्नुहोस् शनि गोचरबाट कुन राशि हुनेलाई धन प्राप्त हुनेछ, करियरमा सफलता मिल्नेछ-

कर्कट राशि
कर्कट राशिको आठौं घरको स्वामी शनिदेव हुन्। १७ जनवरीमा यस घरमा शनिदेवको गोचर हुनेछ। शनि आठौं घरमा प्रवेश गर्दा विपरीत राजयोग बन्नेछ। यस अवधिमा कर्कट राशिका व्यक्तिहरूले सम्मानका साथ ठूलो पद प्राप्त गर्न सक्छन्। रोकिएको धन फिर्ता हुने सम्भावना छ। वैदेशिक यात्राको सम्भावना छ।

कन्या राशि
कन्या राशिको छैठौं घरका स्वामी शनिदेव यस घरमा प्रवेश गर्नेछन्। जसका कारण विपरित राजयोग निर्माण हुनेछ। शनि गोचर अवधिमा अदालत-न्यायालयका मामिलाबाट राहत मिल्नेछ। प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा लागेकाहरूका लागि सफलता मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। रोजगारीमा लागेकालाई पदोन्नति मिल्नेछ।

धनु राशि
शनि कुम्भ राशिमा प्रवेश गर्नेबित्तिकै धनु राशिका व्यक्तिहरूले शनिको साढे सातीबाट मुक्ति पाउनेछन्। धनु राशिको तेस्रो घरको स्वामी शनि हुन् र यो घरमा गोचर हुनेछ। यस अवधिमा तपाईंको साहस र पराक्रम बढ्नेछ। जोखिमपूर्ण निर्णय लिन सकिनेछ। नोकरीमा पदोन्नति हुनुका साथै आम्दानीमा वृद्धि हुने सम्भावना छ।

मीन राशि
शनिदेव यस राशिको बाह्रौं घरका स्वामी हुन् र यस घरमा प्रवेश गर्नेछन्। जसका कारण विपरित राजयोग निर्माण हुनेछ। यो राशिका लागि यात्राको योग बन्नेछ। पुरानो रोगबाट छुटकारा पाउन सकिन्छ। जागिर खानेहरुका लागि यो समय अनुकूल रहेको छ। व्यवसायबाट लाभ मिल्नेछ। जुनसुकै काममा हात लगाउनुभयो, त्यसमा सफलता मिल्नेछ। मेरोसाथी टिभी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार