असार २८, २०८२ शनिबार July 12, 2025

सांसदहरुको शपथ अघि सर्वदलीय बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधीसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको छ ।

संसदको ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुअघि सर्वदलीय बैठक आव्हान गर्नुभएको हो ।

आज दिउँसो १ बजेदेखि संसद भवनमा प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराइँदैछ ।

त्यसअघि १२ बजे बैठक सञ्चालनसम्बन्धी छलफल गर्न सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक(एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया