मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड १९ तथ्यांक सार्वजनिक नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः विगत तीन वर्षदेखि देशमा दैनिक कोभिड १९ को तथ्यंक सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतवारदेखि यस्तो तथ्यांक जारी नगर्ने जनाएको छ ।

‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सान्दर्भिक कोभिड जानकारी प्रकाशित गर्नेछ’, एनएचसीले एक विज्ञप्तिमा भनेको छ ।

परिवर्तनको कारण र  सीडीसीले कोभिड जानकारी कति पटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन् ।

चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका थिए ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार
चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
२०८३ मंग्सिर ७, सोमबार