असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना परिक्षण गराउनेको संख्या बढ्यो, अहिलेसम्म २ हजार ८ सय ९५ जनाको परिक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म नेपालमा जम्मा २ हजार आठ सय ९५ जनामा कोरोना भाइरसको परीक्षण भएको जनाएको छ।

कोभिड–१९ रोकथामका लागि भइरहेका प्रयासबारे बिहीबार जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ हजार ३ सय ५२ जनाको राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण भएको र ५ सय १३ जनाको उपत्यका बाहिर परीक्षण भएको बताएका हुन्।

उनले कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमूना परीक्षण गर्दा कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको बताएका छन।

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेटिभ आएको डा.देवकोटाले जानकारी दिएका छन। काठमाडौँ उपत्यकामा क्वारेन्टाइनमा रहेकाहरुको पनि संक्रमण भए नभएको परीक्षण गर्ने तयारी भइरहेको उनले बताएका छन।

यस्तै उनले हालसम्म नेपालमा ७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन। त्यसमध्ये काठमाडौमा १८ जना र उपत्यका बाहिर ९९ जना रहेका छन्। यस्तै उनले बिहीबारबाट सांकेतिक भाषामा अपडेट गर्ने पनि जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार