कार्तिक २८, २०८३ शनिबार November 14, 2026

कालिका पावर र मल्टीपर्पस फाइनान्सको शेयर कारोबार फुकुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कालिका पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ  । दुवै कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले पुस ७ गतेदेखि तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै कारोबार रोक्का गरेको थियो ।

दुवै कम्पनीले पठाएको स्पष्टीकरणका आधारमा नेप्सेले पुस ११ गते कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । कालिका पावरले समयमै लाभांशसम्बन्धी निर्णय सार्वजनिक गर्न लाग्दालाग्दै पनि प्राविधिक समस्या भई समयमै अपलोड नभएको स्पष्टीकरण पेश गरेको छ ।

मल्टीपर्पस फाइनान्सले नियतवश नभई भुलवश सूचना सार्वजनिकमा ढिलाइ भएको स्पष्टीकरण नेप्सेमा बुझाएको छ । दुवै कम्पनीले आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेसँगै नेप्सेले सचेत गराउँदै कारोबार खुला गरेको जानकारी दिएको छ ।

पुस ६ गते बसेको कालिका पावर कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरणको निर्णय गरी पुस ७ गते कारोबार समय अर्थात् ११ बजेर ३६ मिनेटमा र पुस ६ गते मल्टीपर्पस फाइनान्सको सञ्चालक समिति बैठकमार्फत गरेको लाभांशसम्बन्धी निर्णय पुस ७ गते कारोबार समय अर्थात् ११ बजेर १८ मिनेटमा सार्वजनिक गरेका थिए ।

कालिका पावरले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६९ करोडको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । मल्टीपर्पस फाइनान्सले भने यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार