असार २४, २०८२ मंगलबार July 8, 2025

२४ घण्टामा ६ सय ३० नमुुना परीक्षण,सबैको नतिजा नेगेटिभ : स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा ६ सय ३० जनाको नमुुना परीक्षण सम्पन्न भएको जनाएको छ ।

मन्त्रालयले यस अवधिमा काठमाडौं उपत्यकामा ४ सय १ वटा र उपत्यका बाहीर २ सय २९ वटा नमुना परीक्षण भएकोमा सबैको नतिजा नेगेटिभ आएको र ८ सय बढी नमुनाहरु परीक्षणको क्रममै रहेको जनाएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ सय २५ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको र देशभर ८ हजार ६ सय ५० जना व्यक्ति क्वारेन्टाइनमा रहेका जानकारी दिएका छन ।

प्रवक्ता डा। देवकोटाले कोरोनाका बिरामी र अन्य रोगका बिरामीको उपचारका छुुट्टाछुुट्टै अस्पतालको व्यवस्था गरी सर्वसाधारणमा देखिएको दुविधा अन्त्य गर्न मन्त्रालय लागि परेको बताएका छन।

मोरङको विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा पिसीआर मेसीनबाट कोरोना परीक्षण शुुरु गरेको जनाएको छ ।

कोरोना भाइरस संक्रमणको नमुना परीक्षणको दायरा फराकिलो बनाउदै लैजाने क्रममा हाल सम्म काठमाडौं उपत्यका सहित ११ स्थानबाट कोरोना परीक्षण थालिएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा। देवकोटाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा अरोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टी नगरिएको भन्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरका छन ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित ८ जना व्यक्तिको अवस्था सामान्य रहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार