असोज ४, २०८३ आइतबार September 20, 2026

महोत्तरीको बर्दिबासमा वडा अध्यक्षले नै अतिक्रमणको चपेटामा परेको जग्गा फिर्ता गर्दै

जस्ले अतिक्रमण गरेर उक्त जग्गामा वालीनाली लगाएका छन अब उनिहरुलाई हटाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ ।

पाटु स्थित जन जागृत माद्यामिक विद्यालयको नै स्वामित्वमा रहनेगरी वडा अध्यक्ष बिराट बिष्टले १८ बिघा ६ धुर जग्गाको विवाद टुंग्याएका हुन  ।

लामो समयदेखी  जोतभोग गर्दै आएको दावी गर्दै ब्यक्तीले नै अधिग्रहण गरेको उक्त जग्गाको विवाद टुंग्याउदै अध्यक्ष बिष्टले बुधबार नै स्थानिय कुमार प्रसाद घिमिरेको संयोजकत्वमा समिती समेत वनाएका छन ।

विभिन्न ब्यक्तीले अधिग्रहण गरेको उक्त जग्गामा पोखरी र सौन्दयकरण गरेर पर्यटनस्थल निर्माण गर्ने अध्यक्ष बिष्टले जानकारी दिए ।

`स्थानिय उपभोक्ता र विद्यालयले नै संरक्षण गर्दै आएको उक्त जग्गामा पार्क समेत निर्माण गरि स्थानियहरुको लागी आयआर्जनको वातावरण सिर्जना गर्ने तयारी गरेका छौं,` अध्यक्ष बिष्टले भने ।

रातु नदिको तटिय क्षेत्रमा रहेको उक्त जमिन केही स्थानियहरुले फडानी गरेर वाली लगाइएको पाइएको छ । यो निर्णयसगैँ मनलागी  अतिक्रमण गर्ने स्थानियहरुमा समेत नियन्त्रण हुने बिस्वास लिइएको छ ।

`जस्ले अतिक्रमण गरेर उक्त जग्गामा वालीनाली लगाएका छन अब उनिहरुलाई हटाइनेछ,´ अध्यक्ष बिष्टले भने ।´

नगरमा नै  सवैभन्दा बढी बर्दिबास-३ मा भु-माफियाहरुको चलखेल बढेको विभिन्न तथ्यहरु सार्वजनिक भैइरहेको वेला वडा अध्यक्ष बिष्टले लिएको पहलकदमीलाइ निक्कै सकारात्मकरुपमा लिइएको छ ।

स्वयम अध्यक्ष बिष्टले पनि सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको संख्या वढीरहेको वताउदै चिन्ता ब्यक्त गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया