असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो, थप तीन जनामा संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ। वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ। यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ।

अहिले केहिबेरमा पत्रकारसम्मेलन गरेर जानकारी दिने मन्त्रालय स्रोतले बतायो। लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आज आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ। संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ। तीनै जना भारतीय नागरिक रहेको बताइएको छ। उनीहरु मध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको मन्त्रालय स्रोतले बताएको छ। हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो। त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। काठमाण्डौमा परिक्षण पछि पनि उहाँहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको हो। यसअघि संक्रमण देखिएका ९ जनामध्य १ जना उपचारपछि घर फर्किएका छन् भने ८ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार