बैसाख १६, २०८३ बुधबार April 29, 2026

यस्तो छ तरकारी तथा फलफूलकाे मूल्य

रातो आलु ४८ र गोलभेँडा ठूलो ४५ रुपैयाँ प्रतिकेजी तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार बिहिबार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ४५ रुपैयाँ प्रतिकेजी रहेको छ । कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३२० रुपैयाँ रहेको छ ।

यता, ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ रहेको छ । यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९० रुपैयाँ, तिते करेला १०० रुपैयाँ, प्याज सुकेको ५० रुपैयाँ, भिण्डी ९० रूपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनियाँ ५० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया