काठमाण्डौंः जापानमा एकैदिन ४२० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ भने १ लाख ९२ हजार ६३ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमणलाई सामान्य सङ्क्रमण जन्य रोगको सुचीमा राखी,खासै रोकथामका उपायहरु कार्यन्वयन नगरेको जापानमा पछिल्लो २ महिनामा कोरोना सङ्क्रमण पुनः महामारीको रूप लिइरहेको छ ।
टोकियो,खानागावा,चिबा,ओसाका,फुकुओका तथा होक्काईदो लगायतका सहरहरुमा संक्रमितहरुको सङ्ख्या अत्याधिक बढ्दा आकस्मिक बिरामीहरुले समेत अस्पताल जानका लागि पालो कुर्नुपर्ने तथा एकभन्दा धेरै अस्पताल धाउनुपर्ने अवस्था देखा परेको छ ।
कोरोना सङ्क्रमण उच्च बन्दै जाँदा,जापान सरकारले भोलिदेखि चीनबाट आउने यात्रुहरुलाई कडाइ गर्ने घोषणा गरेको छ । डिसेम्बर ३० बाट चीनका यात्रु तथा पछिल्लो ७ दिनभित्रमा चिन गएको रेकर्ड भएका सबै यात्रुहरुको जापानको एयरपोर्टमा कोरोना परिक्षण गरिने छ। कोरोना सङ्क्रमण पुष्टि भए उनीहरूले होम क्वारेनटिन बस्नुपर्ने छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया