बैसाख २०, २०८३ आइतबार May 3, 2026

एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड, सबै पुँजीगत लाभकर चुक्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एनसेलले सर्वोच्चको आदेशअनुसार तिर्नुपर्ने सबै पुँजीगत लाभकर चुक्ता गरेको छ।

एनसेलले आइतबार ठूला करदाता कार्यालयलाई थप १४ अर्ब ३३ करोड रुपैयाँ बुझाएर पुँजीगत लाभकर चुक्ता गरेको हो।

सर्वोच्चको आदेशअनुसार ठूला करदाता कार्यालयले वैशाख ३ गते पुँजीगत लाभकर बापत जरिवान र ब्याजसहित बाँकी रहेको ३९ अर्ब ६ करोड, ६ लाख ८४ हजार रुपैयाँ सात दिनभित्र तिर्न पत्र पठाएको थियो।

त्यसअघि एनसेलले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क बापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ रुपैयाँसहित २३ अर्ब ५७ करोड बुझाइसकेको थियो।

ठूला करदाता कार्यालले निर्धारण गरेको बाँकी ३९ अर्ब ६ करोड कर अन्यापूर्ण भएको र आफूले जम्मा ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय रुपैयाँ मात्र चुक्ता गर्ने भन्दै एनसेलले वैशाख ९ गते सर्वोच्चमा रिट दायर गरेको थियो।

एनसेलको पुँजीगत लाभकरका विषयमा परेको मुद्दामा भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो। त्यस फैसलाले एनसेललाई झण्डै १८ अर्ब नाफा भएको थियो।

सर्वोच्चको फैसलापछि ठूला करदाता कार्यालयले एनसेलले गत पुस १५ गते ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको थियो।

त्यसपछि थप ४ अर्ब ५० करोड बुझाएको एनसेलले आइतबार थप १४ अर्ब ३३ करोड रुपैयाँ तिरेको हो।

उसले लाभकर र जरिवानासमेत गरी थप २४ अर्ब ४३ करोड रुपैयाँ आइतबारसम्ममा चुक्ता गरेको ठूला करदाता कार्यालयका प्रमुख सहसचिव झलकराम अधिकारीले बताएका छन।

एनसेलले लाभकर चुक्ता गरेसँगै पाँच वर्षदेखि चलेको विवाद अन्त्य भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार