भाद्र ३, २०८३ बुधबार August 19, 2026

मधेस प्रदेश : प्रदेशसभाको पहिलो अधिवेशन आज बस्दै

ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

त्यस्तै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन हुने सचिव यादवले बताए ।

बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा प्रदेशसभामा रहेका दलका प्रतिनिधिले वक्तव्य दिने र नियमावलीको नियम ७ बमोजिम सभामुखको निर्वाचनको मिति तोक्नेसम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीसमेत रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थानुसार यही पुस १४ गते प्रदेश प्रमुख हरिशङ्कर मिश्रले अधिवेशन आह्वान गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अदालतको आदेश पछि इमरान खानलाई अदालत सारिदैँ, नौ महिना पछि भेटिन बहिनीले
२०८३ भाद्र ३, बुधबार
स्पेनिश कप्तान रोड्री ४ बर्षका लागि ६५ मिलियनमा बार्सिलोनामा अनुबन्ध
२०८३ भाद्र ३, बुधबार
कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने
२०८३ भाद्र ३, बुधबार
पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’
२०८३ भाद्र ३, बुधबार
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल नियुक्त
२०८३ भाद्र ३, बुधबार
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
२०८३ भाद्र ३, बुधबार
तुलसीदास, जसले करोडौंले बाचन गर्ने हनुमान चालीसा लेखे
२०८३ भाद्र ३, बुधबार