बैसाख २१, २०८३ सोमबार May 4, 2026

सनसिटीका एक जनाको रिपोर्ट अझै आएको छैन: स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँको पेप्सीकोलाका एकै परिवारका तीन जनामा पिसिआर विधिबाट परीक्षण गरिएकामा आमा र छोराको रिपोर्ट पोजेटिभ आए पनि बुहारीको रिपोर्ट भने अझै नआइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

पेप्सीकोलाका दुई संक्रमितसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ।

पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १६ पुगेको हो। बेलायतबाट आएका एकै परिवारका तीन जनामा बैशाख १ गते आरडीटी (र्‍यापिड डाइग्नोष्टिक) विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

पाटन अस्पतालमा पिसिआर विधि (स्वाव नमुना परीक्षण) बाट थप परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार जानकारी गराएका छन। ८१ वर्षीया आमा र ५८ वर्षीय छोरीको रिपोर्ट आए पनि बुहारीको रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको प्रवक्ता डा. देवकोटाले बताएका छन। अहिले कैलालीमा ५, वीरगञ्जमा ४, बागलुङमा २ जनाको उपचार भइरहेको छ। यसैगरी राष्ट्रिय प्रयोगशाला टेकुमा २ र पाटन अस्पतालमा २ जनाको उपचार भइरहेको छ। एकजना उपचारपछि घर फर्किसकेका छन्।

सरकारले परीक्षणको दायर फराकिलो बनाएको छ। अहिलेसम्म स्वाव नमुना परीक्षण (पिसिआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको छ। पछिल्लो २४ मा ५ सय ८४ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै ४ हजार ८ सय १९ वटा जनाको परीक्षण भएको पछिल्लो २४ घण्टामा मा ३ सय ८७ जनाको नमुना परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले बताएका छन।

प्रयोगशाला बाहिर अहिलेसम्म १ हजार ४ सय ८० जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ सय ९७ वटा परीक्षण भएका छन्। र्‍यापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै मा १३ सय १६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिले ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। र्‍यापिड किटलाई विदेशबाट आएका व्यक्तिहरुको परीक्षणलाई तिव्रता दिइएको छ। देशभरी नै किट वितरण गरिएपनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार