काठमाडौँ । काठमाडौँको काँडाघारी पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुको परीक्षण सुरु भएको छ ।
अपार्टमेन्टको ब्लक ए मा रहेकाहरुको बुधबार बिहानदेखि र्यापिड किट टेस्ट सुरु भएको हो । र्यापिड किट टेस्टमा कसैलाई कोरोना भाइरसको संक्रमण देखिएमा उनीहरुको नमूना संकलन हुनेछ।
अपार्टमेन्टको १५ औँ तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुका परिवारका सदस्य तथा सो ए ब्लकका बासिन्दाको परीक्षण सुरु भएको हो ।
पाँचवटा ब्लक छन् । यी सबै ब्लकमा गरेर करिब पाँच सय परिवारका झण्डै दुई हजार मानिसको बसोबास छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया