असार १, २०८३ सोमबार June 15, 2026

उडिरहेको जहाजमा महिलामाथि पिसाब फेर्ने अभियुक्त पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गत नोभेम्बर महिनामा एअर इन्डियाको एउटा उडानमा एक जना पाकी महिलामाथि पिसाब फेरिदिएका व्यक्तिलाई बेङ्ग्लोरबाट पक्राउ गरिएको छ।

भारतीय समाचार एजेन्सी एअनलाईले दिल्ली पुलिसलाई उद्धृत गर्दै यो जानकारी दिएको बीबीसीले जनाएको छ।

यसअघि भारतीय समाचार एजेन्सी पीटीआईले अभियुक्तलाई पक्राउ गर्ने समयमा दिल्ली प्रहरी र बेङ्ग्लोरको प्रहरीसँगै रहेको जनाएको थियो।

अभियुक्तले आफू आफ्नी बहिनीकोमा बस्दै आएको बताएका छन्। यसअघि ती व्यक्तिका पिताले आफ्ना छोरा निर्दोष रहेको बताएका थिए। उनले आफ्ना छोरा रहेको ठाउँबारे आफूलाई जानकारी नभएको बताएका थिए।

उनले भनेका थिए, “हामी पनि ऊसँग कुरा गर्न खोजिरहेका छौँ। मलाई थाहा छैन उ कहाँ छ। म साँचो भन्न चाहन्छु जे कुरा आइरहेको छ त्यो सही होइन।”

यसअघि भारतको एउटा अङ्ग्रेजी अखबार टाईम्स अफ इन्डियालाई उक्त विमानमा यात्राको समयमा भएका घटना र आरोपित व्यक्तिको व्यवहारका बारेमा एक जना यात्रुले बताएका थिए।

न्यूयोर्कबाट नयाँ दिल्ली आइरहेको उक्त विमानमा सवार एक व्यक्तिलाई एक जना वृद्ध महिलामाथि पिसाब गरिदिएको आरोप लागेको थियो।

नोभेम्बर २६ मा भएको भनिएको उक्त घटनाबारे प्रहरीलाई उजुरी पनि गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया