असार २८, २०८२ शनिबार July 12, 2025

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने (सुचना सहित)

प्रतिनिधि सभाको वेभसाइटमा आजको बैठक दिउँसो १ बजे बस्ने सूचना टाँसियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभाको बैठक आज १ बजे बस्ने भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि सारिएको हो । प्रतिनिधि सभाको वेभसाइटमा आजको बैठक दिउँसो १ बजे बस्ने सूचना राखिएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यक्रम तय भएको थियो । दलहरुबीच विश्वासको मत दिने नदिने विषयमा छलफल भइरहँदा बैठक केहीबेर पर सारिएको बुझिएको छ

विश्वासको मत दिने नदिने विषयमा नेपाली काँग्रेस संसदीय दलको बैठक केहीबेरअगाडीबाट जारी छ । अरु दलहरुले भने विश्वासको मतका बारेमा निर्णय गरिसकेका छन ।

नेपाली काँग्रेसको निर्णय जे आएपनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने प्रस्ट भइसकेको छ ।

नेपाली काँग्रेसको मत लिन प्रधानमन्त्रीले हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर अनुरोध गर्नुभएको थियो । यस विषयमा अहिले केहीबेरमा निधो हुने काँग्रेसले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया