श्रावण ५, २०८२ सोमबार July 21, 2025

सार्वजनिक स्थानमा इन्टरनेट निःशुल्क दिने सरकारको घोषणा

सरकारले आम सर्वसाधारणका लागि सार्वजनिक सेवाप्रवाह हुने स्थानमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट दिने घोषणा गरेको छ । सोमबार सार्वजनिक गरिएको नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम मार्फत यस्तो घोषणा गरिएको हो ।

जसअनुसार विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, शपिङ कम्प्लेक्स लगायतका सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलमा ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क गरिनेछ । यस अघि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट विस्तार परियोजना अन्तर्गत दुई वर्षसम्म स्थानीय तह, वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य चौकीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको थियो ।

त्यस्तो सहुलियत सम्बन्धित सरकारी कार्यालयहरूलाई मात्रै उपलब्ध हुने गरेकोमा अब भने सरकारले आम सर्वसाधारणका लागि सार्वजनिक सेवाप्रवाह हुने स्थानमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्न लागेको हो ।

यसैगरी सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगमा तीव्रता ल्याउने र गैरकानूनी काम कारबाही र भ्रष्टाचार अन्त्य गर्न प्रविधिको अधिकतम सदुपयोग गरिने विषय समेत सरकारले आफ्नो न्यूनतम् कार्यक्रममा समेटेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया