धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेसँगै जोखिम बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली शुक्रबार धनगढी पुगेको छ।
सङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली धनगढी पठाएको हो। यती एयरलाइन्सको जहाजमार्फत चिकित्सकको टोली धनगढी पुगेको छ।
यो चिकित्सकको टोलीलाई प्रदेश सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको जनाएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताल लगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने तयारी भइरहेको बताएका छन।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङख्या पाँच पुगेको छ। उनीहरु पाँचै जनाको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया