वैशाख १६, २०८१ आइतबार April 28, 2024

राष्ट्रपति भण्डारीले गरिन्,सुनसरीका धार्मिक स्थलको दर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति बिदादेवी भण्डारीले सुनसरीमा रहेका धार्मिक स्थलमा दर्शन गरेकी छिन् ।

मकर सङ्क्रान्तिको अवसर पारेर नेपाली सेनाको हेलिकप्टरबाट आएकी राष्ट्रपतिले धार्मिक स्थल वराहक्षेत्र मन्दिर दर्शन गर्दै सप्तकोसी र कोका कौशिकी खोलाको सङ्गम स्थलमा स्नान गरेकी हुन् ।

उनले वराहक्षेत्र भित्रका विभिन्न मठमन्दिर प्रवेश गर्दै दर्शन गरेकी थिइन् । वराहक्षेत्र मन्दिरमा एक घण्टा बिताएकी राष्ट्रपति भण्डारीले तिर्थालु तथा भक्तजन सगं पनि भेट गरेकी थिइन । त्यस लगतै उनी धरानमा रहेका बुढासुब्बा, दन्तकाली र पिन्डेस्वर मन्दिर दर्शन गरेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया