असार २५, २०८२ बुधबार July 9, 2025

कोरोनालाई परास्त गरेर कैलालीका युवक पनि अस्पतालबाट घर फर्किँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कोरोना संक्रमणको तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि कैलालीको लम्कीका युवालाई अस्पतालबाट डिस्चार्जको तयारी भइरहेको छ।

लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकलाई १६ दिनपछि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्जको तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन।

भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमित भएर निको भएकाहरुको संख्या चार पुगेको छ। तीनजना स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् भने कैलालीका युवालाई डिस्चार्जको तयारी भइरहेको छ।

नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको छ। उपचाररत २७ जनाको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार