असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोनालाई परास्त गरेर घर फर्किए कैलालीका युवक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कैलालीका कोरोना संक्रमितमध्ये २१ वर्षीय युवा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि आइतबार दिउँसो सेती प्रादेशिक अस्पतालले ती युवालाई डिस्चार्ज गरेको हो।

गत चैत २२ गते कोरोना पुष्टि भएका उनी १६ दिन अस्पतालको बसाइपछि डिस्चार्ज भएका हुन्। शनिबार उनको तेस्रो नमूना संकलन गरिएको थियो। त्यसको रिपोर्ट पनि नेगेटिभ नै आएपछि उनलाई डिस्चार्ज गरिएको हो।

गत चैत ११ गते भारतबाट घर फर्किएका उनी कैलालीको प्रतापपुर क्वारेन्टायनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो।

त्यसपछि उनी १६ दिन सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारपछि निको भएका हुन्।

ती युवा डिस्चार्ज भएसँगै अव सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा चार जना संक्रमित उपचाररत छन्।

उपचार गराइरहेकाहरुमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवक, सोही वडाकी ३४ वर्षीय महिला, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका १ की ६५ वर्षीया महिला रहेका छन्।

कोरोना संक्रमण भएर निको हुने उनी नेपालको चौथो व्यक्ति हुन्।

चीनबाट फर्केपछि संक्रमित भेटिएका नेपालकै पहिलो संक्रमित युवा केही हप्तामै निको भएका थिए। टेकु अस्पतालमा उपचाररत् १९ वर्षीया युवती र धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार गराएकी ६५ वर्षीया महिला निको भएर शनिबार अस्पतालबाट घर फर्केका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार