कार्तिक ११, २०८३ बुधबार October 28, 2026

म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, सात घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः म्याग्दीको थाईबाङबाट सदरमुकाम बेनी आउँदै गरेको ग१ज ६९३८ नम्बरको बोलेरो जिप सोमवार दिउँसो मंगला गाउँपालिका-२ काफलचौरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सवार अन्य सात जना घाइते भएका छन् ।

दुर्घटना हुँदा सवार मंगला गापा-१ की फमाया गर्बुजाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेनी अस्पतालले जनाएको छ ।

बेनी अस्पतालका सूचना अधिकारी रिन्छेन चालिसेका अनुसार दुर्घटनामा घाइते मंगला गापा–१ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया शिवानी केसी र ५ वर्षीय छोरा रिवान केसीको थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिए ।

अन्य घाइते मंगला गापा–१ का १५ वर्षीया बबिना परियार, ३८ वर्षीय टेकबहादुर गर्बुजा, ५० वर्षीया भीमकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था सामान्य रहेको छ । वडा नम्बर २ की २३ वर्षीया विपना कार्कीको उपचारपछि डिस्चार्ज गरिएको बेनी अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । घटनास्थलबाट जनप्रतिनिधि, स्थानीय र प्रहरीले उद्धार गरी घाइतेलाई बेनी अस्पताल ल्याएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार