वैशाख ८, २०८१ शनिबार April 20, 2024

उसुमा काठमाडौं टिम च्याम्पियन

उसुमा ३ र ३ भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई पनि सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जित्दै टिम च्याम्पियन ट्रफी उचालेको छ ।

कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्धप्रकाश उसु क्वान ७ स्वर्ण, ४ रजत र १० कांस्यसाथ दोस्रो भयो । ड्रागन उसु क्वानले ५ स्वर्ण, ५ रजत र ४ कांस्यसहित तेस्रो स्थान हात पार्‍यो ।

त्रिपुरेश्वरस्थित राखेप सेमिकभर्डहलमा भएको प्रतियोगिताको थाउलो पुरुषतर्फ ड्रागनका रोजिश बल र महिलामा बुद्धप्रकाशकी लक्ष्मी तामाङ उत्कृष्ट खेलाडी भए । सान्सौं पुरुषतर्फ कपन उसु क्वानका प्रतीक कुलुङ र महिलामा यिन याङ्की उसु क्वानकी रेश्मा ब्लोन उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई वाग्मती प्रदेशका सांसद मीनकृष्ण महर्जन, नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौला, आयोजक कालभैरव उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठलगायतले पुरस्कृत गरे ।

स्वर्ण विजेता सम्मानित

सोही प्रतियोगिता समापनमा आयोजक कालभैरव उसु क्वानले वृहत राष्ट्रिय खेलकुदको फरक संस्करणमा उसुमा ३ र ३ भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई पनि सम्मान गरेको थियो । एलिना चौधरी (५ स्वर्ण), मंगलप्रसाद थारु (४ स्वर्ण), अशोक खालिङ (४ स्वर्ण), सुस्मिता तामाङ (४ स्वर्ण) तथा ३ स्वर्ण जितेका निमा घर्तीमगर, हरिप्रसाद गोले, विजय सिन्जाली, दीपक हमाल र चित्रसिंह ठकुरी सम्मानित भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया