भाद्र २७, २०८३ शनिबार September 12, 2026

रक्सी पिएपछि राम्ररी बोल्न नसक्नुको यस्तो छ कारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः के तपाईंले कहिल्यै सोच्नुभएको छ रक्सीमा के हुन्छ कि रक्सी पिएपछि हामी न त राम्ररी बोल्न सक्छौं न त राम्ररी हिँड्न सक्छौं।

यो विषयमा जर्मनीको एक विश्वविद्यालयले एउटा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट रक्सीको अणुहरू धेरै सानो हुने खुलासा भएको छ ।

जसका कारण तिनीहरू हाम्रो रगतमा धेरै छिटो पग्लिन्छन् । हाम्रो रगतको तरल पदार्थको माध्यमबाट मस्तिष्कमा पुग्न ६ मिनेट मात्र लाग्छ, यो हाम्रो मस्तिष्कमा पुगेपछि त्यहाँ न्यूरोट्रान्समिटरले असर गर्न थाल्छ, यी न्यूरोट्रान्समिटरहरू हाम्रो सञ्चारका लागि जिम्मेवार हुन्छन्।

जब न्यूरोट्रान्समिटरहरूले सन्देशहरू ठीकसँग पठाउन सक्दैनन्, हाम्रो मस्तिष्कले हाम्रो शरीरको नियन्त्रण गुमाउँने भएकोले मदिरा सेवन गर्नेहरु राम्रोसँग बोल्न र हिँडडुल गर्न सक्दैनन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया