बैसाख १६, २०८३ बुधबार April 29, 2026

सबै आप्रवासीको अमेरिका प्रवेश अस्थायी रुपमा बन्द गर्ने ट्रम्पको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीको प्रवेश अस्थायी रुपमा रोक्ने बताएका बताएका छन्।

कोरोना भाइरसविरुद्धको अभियानका लागि आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने तयारी गरेको राष्ट्रपति ट्रम्पले ट्वीट गरेर जानकारी दिएका हुन् । तर उनले यसबारे सोमबारको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गमा थप केही बताएनन् ।

उनले अबेर राति ट्वीट गरेर आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने निर्णय अदृष्य शत्रुसँगको लडाईँ र रोजगारीको रक्षाका लागि गरिएको उल्लेख गरेका छन् ।

ट्रम्पले कोरोना भाइरसलाई अदृष्य शत्रु भनेका हुन् । कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा लाखौँ अमेरिकीको जागिर गुमेको छ ।

ट्रम्पले आप्रवासन रोक्ने बताए पनि त्यसको विस्तृत विवरण र कहिलेदेखि लागु हुने भन्ने खुलाएका छैनन्।

आलोचकले भने ट्रम्प प्रशासनले कोरोना भाइरसको महामारीलाई आप्रवासविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन्।

ट्रम्पले कोरोना भाइरसको महामारीको सबैभन्दा खराब समय अमेरिकाले पार गरेको र देशका विभिन्न क्षेत्र खुल्न थालेको पनि बताएका छन् ।

अमेरिकामा हालसम्म कोभिड–१९ बाट झण्डै ४२ हजारजनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या सात लाख ८२ हजार भन्दा बढी पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया