वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

देवदह हाफ म्यारथनको उपाधि तिर्थ पुन र राममाया बुढालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुपन्देही जिल्लाको देवदहमा देवदह हाफ म्याराथन २०७९ सम्पन्न भएको छ। लियो क्लब अफ लर्ड बुद्धको आयोजना र देवदह नगरपालिका र प्रदेश खेलकुद परिषदको सहयोगमा उक्त हाफ म्याराथन सम्पन्न भएको हो। सो हाफ म्याराथनमाको दुरी ५४ मिनट ३० सेकेन्डमा पूरा गर्दै काठमाडौंका तिर्थ पुन पहिलो भएका हुन्। प्रतियोगितामा ३ सय ६७ जनाले सहभागीता जनाएका थिए।

५५ मिनटमा दुरि पूरा गरेका बैतडीका मोहन देव जोशी दोश्रो स्थान हासिल गरे भने ५६ मिनट २९ सेकेन्डमा पूरा गर्दै लमजुङका राम्झी बस्नेत तेश्रो भएका हुन्।

त्यसैगरी हाफ म्याराथन महिलातर्फ प्रथम भएकी नेपाल पुलिस क्लबकी राममाया बुढाले १ घन्टा १६ मिनट २० सेकेन्डमा दुरि पूरा गरेकी हुन्। १ घन्टा १६ मिनट ३५ सेकेन्डमा पूरा गर्दै दोलखाकी अञ्जु खड्का दोश्रो र बुटवल मोतिपुरकी रेखा थापा श्रीले १ घन्टा ३२ मिनट ५० सेकेन्डमा दुरि पूरा गरी तेश्रो भइन्।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय छबिलाल विश्वकर्माले खेल जीवनको अमुल्य अङ्ग रहेको बताए। खेलकुदले सकारात्मक सन्देश प्रवाह गर्ने हुदा खेलकुद क्षेत्रलाई अगाडी बढाउनु पर्ने कुरामा जोड दिए।

देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले देवदहलाई पर्यटकको हवका रुपमा विकास गर्ने बताए। उनले देवदह नगरपालिका देवदहलाइ विश्व सामु चिनाउने उद्देश्य साथ हिडेको बताए।

कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद सदस्य जय प्रकाश भट्टराईले म्याराथन सिटि एक्सपोजर हो र यसले देवदहको पर्यटकीय स्थलको अवलकन भएको बताए । साथै प्रदेश परिषदले लुम्बिनी म्याराथन गर्ने तयारी गरेको हुदा लियो क्लब अफ लर्ड बुद्धलाई सो म्याराथन सफल बनाउन पनि आवश्यक सहयोगको अपेक्षा गरेको बताए।

म्याराथनमा बिजेताहरुले प्रथम ,दोश्रो र तेश्रो हुने महिला तथा पुरुष तर्फ दुबैले नगद रु २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र ,१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र १० हजार सहित टर्फी, मेडल र प्रमाणपत् क्रमशः पाएका थिए।

खैरेनी बुद्ध पार्कबाट सुरु भएको उक्त म्याराथन खैरेनी बुद्ध चोक बाट सुरु भै पिपलडाडा, पाकडी, शान्तिनगर चोक, शित्तलनगर चोक, मायादेवी पार्क, टटेर, भवानिपुर (बुद्धको मावली घर), विजयपुर, नगरपालिकाको भवन हुँदै, लोकेश्वर मन्दिर र पुनस् बुद्ध चोक आएर टुङ्गिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार