वैशाख १३, २०८१ बिहिबार April 25, 2024

इटालियन सिरी ‘ए’ मा इन्टर मिलानको उत्कृष्ट पुनरागमन जित

मिलानको जितमा लाउटरो मार्टिनेज नायक सावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले उत्कृष्ट पुनरागमन जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा उसले क्रेमोनीजविरुद्ध २–१ को जित निकालेको हो । मिलानको जितमा लाउटरो मार्टिनेज नायक सावित भए ।  मिलान ११ मिनेटमै १–० ले पछि परेको थियो । ११ औं मिनेटमा डेभिड ओक्रेरेकेले गोल गर्दै क्रेमोनीजलाई सुरुआती अग्रता दिलाएका थिए । तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन ।

२१ औं मिनेटमा मिलानका मार्टिनेजले गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । खेलको ६५ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए ।
योसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ । उनले २० खेलमा ४० अंक जोडेको छ । पुछारमा रहेको क्रेमोनिले ८ अंक जोडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया