वैशाख ८, २०८१ शनिबार April 20, 2024

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल

१८ खेलबाट ४७ अंक जोडेको बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पेड्रीको निर्णायक गोलप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा शनिबार राति गिरोनालाई १–० को नतिजामा पराजित गरेको छ। गिरोनाको मैदानमा भएको खेलको २६औं मिनेटमा उत्कृष्ट लयमा भएका फरवार्ड ओसुमाने डेम्बलेलाई चोटका कारण सब्स्टिच्युट गर्नु परेको थियो।

घरेलु टोसीसँग दबाबमा परेको बार्सिलोना पहिलो हाफसम्म गोलको खाता खोल्न सकेको थिएन। दोस्रो हाफमा निरन्तर आक्रमण गरेको बार्सिलोनाका लागि ६१औं मिनेटमा पेड्रीले गरेको एक मात्र गोल निर्णायक बन्यो।

जोर्डी अल्बाले दिएको पासलाई गोल लाइन नजिक रहेका पेड्रीले खाली पोस्टमा फिनिसिङको मौका पाएका थिए।

जितसँगै १८ खेलबाट ४७ अंक जोडेको बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको रियाल मड्रिडको ४१ अंक छ। पराजित गिरोना १९ खेलबाट २१ अंक जोडेर १२औं स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया