वैशाख १२, २०८१ बुधबार April 24, 2024

डोटीका क्रिकेट खेलाडी १८ दिनदेखि बेपत्ता

भुवन कपड्याल अचानक मानसिक समस्या आई बेपत्ता भएपछि परिवारहरु चिन्तित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डोटीका क्रिकेट खेलाडी १८ दिनदेखि बेपत्ता भएका छन्। डोटीको जोरायल गाउँपालिका वडा नम्बर–४ तलालका २२ वर्षीय भुवन कपड्याल गोदावरी नगपालिका वडा नम्बर–२ तेघरीबाट बेपत्ता भएको उनका भाई हिक्मत कपड्यालले बताएका छन्।

भाई हिक्मतका अनुसार ३ साता अघि देखि मानसिक रुपमा अस्वस्थ रहेका भूवनलाई उपचारको लागि वेपत्ता हुनु ६ दिन अघि जोरायलबाट कैलाली ल्याईएको थियो। दाई भुवन कपड्याल अचानक मानसिक समस्या आई बेपत्ता भएपछि परिवारहरु चिन्तित भएको उनका भाइले बताएका छन्।

भुवन भारतको चण्डिगडमा ३ महिना देखि क्रिकेटको प्रशिक्षण गर्दै आएका थिए। यसअघि उनी धनगढी र काठमाडौंमा क्रिकेटको प्रसिक्षण लिइसकेका थिए। भुवनलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा वा मोवाईल नम्बर ९८६८५३३५७३ मा खबर गरिदिन भाई हिक्मतले सार्वनिक अपिल गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया