बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

उपन्यासकार तथा पत्रकार पिटर जे कार्थकको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उपन्यासकार तथा पत्रकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा बुधबार निधन भएको छ। उनी क्यान्सरको आशंकामा केही सातायाता ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराइरहेका थिए। क्यान्सरको पुष्टि नभइसकेका पिटरको हृदयाघातका कारण बुधबार बिहान साढे पाँच बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

क्यान्सरको आशंकामा उनलाई केही सातायता उक्त अस्पतालमा भर्ना गरिएको थियो। केही दिनअघि उनी कुपण्डोलस्थित घर फिर्ता भएका थिए। मंगलबार थप उपचारका लागि अस्पताल पुर्‍याइएका पिटरको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो।

‘प्रत्येक ठाउँ प्रत्येक ठाउँ’ उपन्यासका लागि साझा पुरस्कार विजेता पिटरको नेपाली र अंग्रेजी दुवै भाषामा उत्तिकै दख्खल थियो। हिमालयन टाइम्स, काठमाडौँ पोस्ट र रिपब्लिकालगायत अंग्रेजी दैनिकहरुमा उनले लामो समय कपि एडिटरका रुपमा काम गरेका थिए।

दार्जिलिङमा जन्मेका पिटर युवावस्थामा काठमाडौँ आएका थिए। त्यसपछि उनी काठमाडौँमै बसोबास गर्न थालेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार