वैशाख १२, २०८१ बुधबार April 24, 2024

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिप आजदेखि सुरु हुँदै

नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान गरी चार टोली सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः साफ २० वर्षमुनिको महिला च्याम्पियनशिप आज शुक्रवारदेखि सुरु हुँदैछ । बङ्गलादेशमा सुरु हुने प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान गरी चार टोली सहभागी छन् ।

नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा सुरु हुनेछ । त्यसअघि भारत र भुटानबीच दिउँसो पौने ३ बजे खेल हुनेछ ।

आजदेखि सुरु हुने प्रतियोगिता २६ गते बिहीवारसम्म चल्नेछ । नेपालले दोस्रो खेल आइतवार भुटानसँग र तेस्रो खेलमा मङ्गलबार भारतसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीबीच बिहीवार फाइनल खेल हुनेछ ।

नेपालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा जोड दिएका छन् । यसअघि १८ र १९ वर्षमुनिकाे फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिकाे फर्म्याटमा हुन लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया