काठमाडौंः अष्ट्रेलियाका चर्चित क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षीय फिन्चले सोमबार राति अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।
ओपनर एवं कप्तानको रुपमा फिन्चले अष्ट्रेलियालाई पहिलो पटक सन् २०२१ मा टी-२० विश्वकप उपाधि जिताएका थिए । उन्ले टेस्ट र एकदिवसीय क्रिकेटबाट यसअघि नै बिदा लिईसकेका थिए ।
फिन्चले पाँच टेस्ट, एक सय ४६ एकदिवसीय र एक सय तीन वटा टी-२० खेल खेलेका छन् । उनी टी-२० मा सर्वाधिक कप्तानी गर्ने खेलाडी पनि पनि हुन् । फिन्चले टी-२० मा दुई शतक, १९ अर्धशतकसहित कुल तीन हजार एक सय २० रन बनाएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया