मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

भारतले खारेज गर्‍यो चीनबाट र्‍यापिट टेस्टिङ्ग किट ल्याउने अर्डर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भारतले चीनबाट कोरोना भाइरसको र्‍यापिट टेस्टिङ्ग किट मगाउने सम्बन्धी अडर रद्द गरेको छ । भारतले चीनबाट पाँच लाख किट ल्याउनका लागि अडर दिएको थियो । तर किटको गुणस्तरमा प्रश्न गर्दै भारतले अडर रद्द गरेको हो ।

केन्द्र सरकारले विभिन्न राज्यमा पठाएका किट पनि फिर्ता मगाएको छ । यसरी फिर्ता मगाइएकामा संक्रमितको शरीरमा रहेको एन्टिबडी पत्ता लगाउने किटहरु हुन् । र्‍यापिट टेस्टिङ्ग किटबाट ३० मिनेट नतिजा दिन्छ ।

तर यसको नतिजा शतप्रतिशत सही हुन्छ भन्ने छैन, सोही कारण वैज्ञानिकले यसको प्रयोगप्रति प्रश्न गर्ने गरेका छन् । भारतले चिनियाँ किटको प्रभावकारितामा नै प्रश्न गरे पनि चीनले भने त्यसलाई खारेज गरेको छ ।

भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता जे रोङ्ग वक्तव्य जारी गरेर गुणस्तरमा कुनै सम्झौता नगरिएको बताएका छन् । केही व्यक्तिहरुले चिनियाँ उत्पादनलाई गुणस्तर नभएको भन्नु अनुचित र पूर्वाग्रही रहेको उनले उल्लेख गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार